३१ वर्ष १० महिना थुनामा बसेका राई २०२४ जुलाई ५ मा रिहाइ भएका थिए। त्यसपछि पनि भुटानमा बस्न नदिएपछि परिवार र नातागोता खोज्दै बेलडाँगी शरणार्थी शिविर आइपुगेका थिए।
दमक– भुटानको चेमगाङस्थित कारागारमा झन्डै ३२ वर्ष राजबन्दी हैसियतमा थुनामा राखिएका र पछिल्लो समय दमक, बेलडाँगीस्थित शरणार्थी शिविरमा बसोबास गर्दै आएका रामबहादुर राईलाई १ लाख १५ हजार रुपैयाँ प्रदान गरिएको छ।
भुटानमा थुनामा रहेका राजबन्दीको निसर्त रिहाइका लागि गठित विश्वव्यापी अभियानको संयोजनमा संकलित रकम राईलाई प्रदान गरिएको हो। बेलडाँगी शरणार्थी शिविरका सचिव सन्चहाङ सुब्बाले राईलाई रकम हस्तान्तरण गरेका हुन्। ३१ वर्ष १० महिना थुनामा बसेका राई २०२४ जुलाई ५ मा रिहाइ भएका थिए। रिहापछि पनि भुटानमा बस्न नदिएपछि उनी आफन्त परिवार र नातागोता खोज्दै बेलडाँगी शरणार्थी शिविर आइपुगेका थिए।
६६ वर्षीय राई शिविरमा फर्किँदा श्रीमतीको निधन भइसकेको, एउटा छोरा अमेरिका आप्रवासनमा गएको र अरू दुई छोरी विवाह गरेर शरणार्थी छाप्रोबाट बाहिरिइसकेका थिए। चेमगाङ कारागारमा छँदा आरन चलाउन र फलामका सामान बनाउन सिकेकाले शरणार्थी शिविरमा पनि राईले आरन थापेर गरिखाने जोहो गर्दै आएका छन्।
“राजबन्दी राईसहितलाई निसर्त रिहा गर्नुपर्ने भनेर उठाउँदै आएको आवाजको सुनुवाइ अझै हुन सकेको छैन,” नेदरल्यान्डमा मुख्यालय रहेको अभियानका संयोजक राम कार्की भन्छन्, “वर्षौंवर्ष जेलमा बसेर फर्केका तथा पारिवारिक र आर्थिक रूपमा छिन्नभिन्न भएका राईजस्ता शरणार्थीलाई सकेको मानवीय सहयोग गराउन यसपटक विभिन्न दातामार्फत सहयोग उठाएका हौँ।”
शरणार्थी परिचय पत्रसमेत नरहेको र मधुमेह, प्रेसर तथा युरिक एसिडले थलिएका राई दमकमा स्वास्थ्य उपचारका क्रममा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
