तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।
काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ। बाँकी स्थानमा मौसम सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी, राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। गण्डकीका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
