निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मत सर्वेक्षण 'लाइभ' गरेको भन्दै निर्वाचन आयोगले ११ वटा अनलाइन सञ्चारमाध्यमलाई कारबाहीका लागि सिफारिस गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’ गर्ने ११ वटा अनलाइन न्यूज पोर्टललाई बन्द गर्न निर्देशन दिएको छ। फागुन २१ गते हुन लागेको निर्वाचनअघि मत सर्वेक्षण गर्न नपाउने आचारसंहिता विपरीतको कार्य गरेको भन्दै आयोगले ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगकी सहप्रवक्ता सीता पुनले बताइन्।
निर्वाचन आयोगको सहकार्यमा सञ्चारकर्मी महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उनले भनिन्, “अन्य देशको तुलनामा नेपालको परिवेश फरक छ, मतदातालाई आफैँले जनप्रतिनिधि चुन्ने अधिकार दिनुपर्छ।” उनले अगाडि भनिन्, “मतदातालाई अनावश्यक प्रभाव पार्नबाट रोक्नुपर्छ। मत सर्वेक्षणले मतदातालाई एउटा ‘ह्वीम’मा लैजान्छ भनेर नै आचारसंहिताले यसलाई रोकेको हो।”
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा १ लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द हुन सक्छ। सहप्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरी गत माघ ४ गते राति १२ बजेदेखि नै निर्वाचन आचारसंहिता लागू गरेको छ। यही फागुन १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका कुनै पनि माध्यमबाट प्रचारमूलक सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने छैन। निर्वाचनका लागि आयोगले ४ हजार ३०० पर्यवेक्षक विभिन्न निर्वाचन क्षेत्रमा खटाएको जनाएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ‘निर्वाचनमा पत्रकार आचारसंहिता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै समाचार सामग्री तयार गर्दा आचारसंहिताको पालना र गोपनीयताको सम्मान गर्दै उच्च व्यावसायिक अभ्यासमा ध्यान दिनुपर्ने बताइन्। उनले समाचार तयार गर्दा क्षेत्र, लिङ्ग, भाषा र संस्कृति कसैलाई असर नपर्ने गरी तयार गर्नुपर्ने र सूचनालाई निजी स्वार्थ पूर्तिका लागि प्रयोग गर्न नहुनेमा जोड दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
