यस्तो रहनेछ सोमबारको मौसम

गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेशको पहाडी र हिमाली भू-भागसहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी  प्रदेशको पहाडी र  हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको  एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।