रुकुम पूर्व र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काठमाडौँ– रुकुम पूर्व र हेटौँडामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रुकुम पूर्वको रुकुमकोटमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय चालकको मृत्यु भएको छ भने हेटौँडामा हात्तीगाडीको ठक्करबाट एक स्कुटर चालकले ज्यान गुमाएका हुन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे ८ प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समीर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी घाइते भएका छन्। उनीहरू दुवै जनाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हेटौँडामा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक हेटौँडा–५ शान्तिनगर बस्ने १८ वर्षीय क्षितिज रायमाझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आज दिउँसो बसपार्कबाट पशुपतिनगरतर्फ गइरहेको बा प्र ०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिएको थियो। दुर्घटनालगत्तै दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा रायमाझीको उपचारकै क्रममा मृत्यु भएको हो।
स्कुटरमा सवार अर्का घाइते हेटौँडा–७ का १९ वर्षीय संगम झाको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिएर भाग्ने गाडी र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
