मतदानका लागि खटाइएका कर्मचारी र निर्वाचन सामग्री बोकेको सवारी सोमबार दुर्घटनामा परेपछि रामेछापका तीनवटा मतदान केन्द्रका लागि मंगलबार दोस्रो पटक निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ ।
काठमाडौँ- रामेछापका तीनवटा मतदान केन्द्रका लागि खटाइएका कर्मचारी र निर्वाचन सामग्री बोकेको सवारी सोमबार दुर्घटनामा परेपछि मंगलबार दोस्रो पटक निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ।
रामेछाप नगरपालिका-२ देउरालीको शीतलादेवी मा.वि. र सिरुवारी मतदान केन्द्र तथा वडा-३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामग्री बोकेको सवारी दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघुटारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको थियो। दुर्घटनामा अन्य सात जना कर्मचारीहरू घाइते भएका छन् । घाइतेहरूको काठमाडौँ सैनिक अस्पतालमा उपचार भइरहेको छ।
मतदान अधिकृतको मृत्यु र कर्मचारीहरू घाइते भएपछि सो ठाउँमा अन्य कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ।
ती मतदान केन्द्रमा पठाएका मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री पनि क्षति भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
