प्रतिनिधिसभा निर्वाचन र अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालतले बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ गर्ने भएको छ।
काठमाडौँ— आगामी निर्वाचन तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले घोषणा गरेको सार्वजनिक बिदाका दिनहरूमा पनि सर्वोच्च अदालत खुला रहने भएको छ।
विशेष गरी बन्दीप्रत्यक्षीकरणका रिट निवेदनहरूको सुनुवाइलाई निरन्तरता दिन अदालतले निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार फागुन २० गतेदेखि २३ गतेसम्म (निर्वाचन बिदा) र फागुन २४ गते (अन्तर्राष्ट्रिय महिला दिवस)का दिन अदालत बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहनेछ। यस अवधिमा बन्दीप्रत्यक्षीकरणका रिट निवेदनहरूमाथि नियमित सुनुवाइ हुनेछ।
बन्दीप्रत्यक्षीकरणको रिट व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र मौलिक हकसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले सार्वजनिक बिदामा समेत सुनुवाइको व्यवस्था गरिएको अदालतले जनाएको छ। सर्वोच्चले सम्बन्धित पक्षलाई तोकिएको समयभित्र उपस्थित भई कानूनी प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
