प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् ।
काठमाडौँ- आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन्। कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका कैदीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन्।
निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी तथा कैदी बन्दीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने प्रावधान छ। सोही प्रावधानअनुसार सर्लाहीमा चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ।
कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवास्थित तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर तथा पाँचकुमारी खेल मैदान पुर्नबासमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलका अनुसार समानुपातिकतर्फ मतदान गर्न पाउने कैदी बन्दी ३४ जनासहित कर्मचारी, सेना र प्रहरी गरी कुल ६ हजार ८७ जना मतदाता रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
