पर्सा-२ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा पर्सा-२ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रक्राउ गरेको हो ।

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा-२ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरीसहित चार जनालाई प्रक्राउ गरेको हो।

चौधरी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी पत्रकार सम्मेलन मार्फत दिइने प्रहरीले जनाएको छ।