प्रधानमन्त्री सुशीला कार्कीले कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन संवाद गरी त्यहाँ रहेका ३ लाख ६० हजार नेपालीको सुरक्षा र पश्चिम एशियाको वर्तमान अवस्थाबारे कुराकानी गरेकी छिन्।
काठमाडौँ— प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री एवं विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन्। प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारी समकक्षी अलथानीलाई टेलिफोन गरी पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी हुन्।
भेटवार्ताका क्रममा कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिन्। “हाल करिब ३ लाख ६० हजार नेपाली नागरिक कतारमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित रहेको र राम्रोसँग हेरचाह गरिएको सुन्दा मलाई अत्यन्त खुशी लागेको छ। हाम्रा नागरिकको हेरचाह गर्नुभएकोमा म तपाईं तथा कतार सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले पश्चिम एशिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षा प्रत्याभूति गर्नुपर्ने नेपालको धारणा रहेको स्पष्ट पारिन्।
नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून, जेनेभा अभिसन्धिहरू र मानवीय कानूनको उचित सम्मान एवं पालना गर्नुपर्ने कुरामा जोड दिँदै उनले कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताइन्। प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिक माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने उल्लेख गरिन्।
कार्कीले कतारको वर्तमान परिस्थितिप्रति ऐक्यबद्धता प्रकट गर्दै कतारी सार्वभौम भूमि, खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन्। साथै, उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेकी छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
