निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ।
काठमाडौँ— निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट प्राप्त विवरणका आधारमा मतदानको प्रतिशत ६० को हाराहारीमा रहने बताएका हुन्।
उनले भने, “देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको अनुमान छ। यद्यपि, विस्तृत विवरण संकलन गर्ने कार्य अझै जारी रहेको छ।” उनका अनुसार केही मतदान केन्द्रहरूमा साँझसम्म पनि मतदान प्रक्रिया जारी रहेको थियो।
छिटपुट सामान्य घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदान साँझ ५:०० बजे औपचारिक रूपमा सकिएको हो।
आयोगका अनुसार सबै मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी गणनास्थलमा पुर्याए लगत्तै मतगणना प्रक्रिया थालिनेछ। ताप्लेजुङ र रसुवा लगायतका १५ वटा हिमाली तथा दुर्गम जिल्लाहरूबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने तयारी गरिएको छ।
मतगणना १६५ वटा निर्वाचन क्षेत्रअन्तर्गतका निर्वाचन अधिकृतका कार्यालयहरूमा हुनेछ। मतगणना शुरू गर्नुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा सर्वदलीय बैठक बस्नेछ। प्रत्यक्षतर्फको मतपरिणाम गणना शुरू भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम भइरहेको आयोगको भनाइ छ। प्रत्यक्षतर्फको नतिजा प्राप्त भएपछि मात्र समानुपातिक प्रणालीतर्फको मतगणना शुरू गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
