रुकुमपूर्वमा मतगणना शुरू

हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि शुरू भएको छ।

काठमाडौँ- हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि शुरू भएको छ।

बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका संकलन गरिएको थियो। मतपेटिका सङ्कलनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेर मत गणना थालिएको हो।

यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।