काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन्।
काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन्।
१५ हजार ४५५ मत ल्याएर दर्शना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। निर्वाचन आयोगको तथ्यांक अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे। मिश्र अघिल्ला दुई निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए।
त्यस्तै, एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत ल्याए भने नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत पाएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
