भक्तपुर-१ मा रास्वपाका रुकेश रन्जित ३ हजार बढी मतले अगाडि

भक्तपुर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालभन्दा ३ हजार बढी मतले अगाडि छन्।

काठमाडौँ- भक्तपुर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालभन्दा ३ हजारभन्दा बढी मतले अगाडि छन्।  हालसम्मको मतगणनामा रास्वपाका रुकेशले ७१९० मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ४१६० मत ल्याएका छन्।

भक्तपुर-१ लाई नेमकिपाको जित निश्चित हुने क्षेत्र मानिन्थ्यो। अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्धा नै हुँदैन थियो। तर यसपटकको रास्वपाका उम्मेदवारसम्म प्रतिस्पर्धा छ। यो क्षेत्रमा २०४८ सालयताका सबै निर्वाचनमा लगातार  नेमकिपाले नै जित्दै आएको छ।  

यो क्षेत्रबाट पाँच पटक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन जितेका थिए। त्यसपछि २०७४ र २०७९ को निर्वाचनमा  प्रेम सुवाल निर्वाचित भएका थिए।