सर्लाही–४: गगनभन्दा अमरेश अगाडि

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहले अग्रता लिएका छन्।

सर्लाही— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश कुमार सिंहले अग्रता लिएका छन्।

हालसम्मको गणना अनुसार सिंहले एक हजार २३५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ७४४ मतसहित उनलाई पछ्याइरहेका छन्।

यसैगरी, नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले १९४ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार रजनीश राय यादवले १२ मत प्राप्त गरेका छन्।