निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपा ८१ स्थानमा अग्रस्थानमा छ भने नेकपा एमाले ८ र नेपाली कांग्रेस ६ स्थानमा अगाडि देखिएका छन्।
काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता कायम गरेको छ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभरका १०७ निर्वाचन क्षेत्रको प्रारम्भिक रुझान सार्वजनिक भइसक्दा रास्वपा हालसम्म ८१ स्थानमा अग्रस्थानमा देखिएको हो। गत बिहीबार सम्पन्न निर्वाचन अन्तर्गत विभिन्न क्षेत्रमा मतगणना कार्य तीव्र रूपमा भइरहेको छ।
हालसम्मको चुनावी नतिजाअनुसार रास्वपा र नेपाली कांग्रेसले १/१ सिटमा जित हासिल गर्दै विजयी खाता खोलिसकेका छन्। काठमाडौँ क्षेत्र नं. १ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन् भने मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मत प्राप्त गरी निर्वाचित भएका छन्।
रास्वपाले ८१ स्थानमा अग्रता लिइरहँदा नेपाली कांग्रेस भने हालसम्म ६ स्थानमा अगाडि देखिएको छ।
अन्य राजनीतिक दलहरूको अवस्था हेर्दा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी ८/८ निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन्। त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवारहरूले १/१ स्थानमा आफ्नो अग्रता कायम राखेका छन्। देशभरका बाँकी निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
