उदयपुर–२ मा श्रम संस्कृतिको अग्रता

उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीका बलराज राईले अग्रता लिएका छन् भने नेकपाका उम्मेदवार सुरेश राई उनलाई पछ्याइरहेका छन्।

उदयपुर– प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।

उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेश राईले १९३ तथा नेकपा (एमाले)का उम्मेदवार अम्बर रायमाझीले १३९ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ६९, स्वतन्त्र उम्मेदवार मेजर राईले २० तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्य लामाले १७ मत प्राप्त गरेका छन्।