चितवन–३: रेनुभन्दा सोविता ४६२३ मतले अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नं. ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।

चितवन— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नं. ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।

हालसम्म १९ हजार ४५ मत गणना हुँदा घण्टी चुनाव चिह्नकी गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्।

उनकी निकटतम प्रतिस्पर्धी तारा चुनाव चिह्नकी उम्मेदवार रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन्।

त्यसैगरी, सूर्य चुनाव चिह्नबाट नेकपा (एमाले)का शंकर थपलियाले एक हजार ४६५ मत र रुख चुनाव चिह्नबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङले एक हजार २२ मत प्राप्त गरेका छन्।

यस्तै, हलो चुनाव चिह्नबाट प्रतिस्पर्धा गरिरहेका दीपक थापाले ३२३ मत ल्याएका छन्।

मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।