राप्रपाका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाही निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ४५८ मतले अगाडि छन्।
मुगु — जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। कनकासुन्दरी गाउँपालिकाको ५ हजार ०१५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्रबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन्।
पछिल्लो विवरणअनुसार, राप्रपा उम्मेदवार शाहीले २ हजार ६९१ मत प्राप्त गरेका छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ४५८ मतले अगाडि छन्। यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारी १ हजार २३३ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही ६०५ मतका साथ तेस्रो स्थानमा छन्।
अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले २८१ र विनिता कठायतले ३६ मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयका अनुसार हालसम्म १५५ मत बदर भएको छ।
जुम्लामा कुल ४० हजार ८९७ मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना कार्य निरन्तर जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
