निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार ११, नेकपाका उम्मेदवार १० र कांग्रेसका उम्मेदवार ९ स्थानमा अग्रस्थानमा छन्।
काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायम राखेको छ। गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार, शुक्रबार अपराह्न ६ बजेसम्म जारी मतगणनामा रास्वपाका उम्मेदवारहरूले १०२ स्थानमा अग्रता लिइरहेका छन्। त्यस्तै, नेकपा (एमाले) का उम्मेदवारहरू ११ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवारहरू ९ स्थानमा र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरू १० स्थानमा अग्रस्थानमा छन्।
अन्य दलहरूमध्ये श्रम संस्कृति पार्टीका उम्मेदवारहरू ३ स्थानमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारहरू १–१ स्थानमा अग्रस्थानमा रहेका छन्।
हालसम्म प्रतिनिधिसभा सदस्यमा ३ जना विजयी भइसकेका छन्। जसमध्ये रास्वपाबाट काठमाडौँ क्षेत्र नं १ मा रञ्जु दर्शना १५ हजार ४५५ मत र काठमाडौँ क्षेत्र नं ८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतका साथ विजयी भएका छन्। त्यस्तै, मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी भएका छन्।
मतगणना कार्य जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
