एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन्।
धनकुटा– शुरूआती अग्रता लिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन्। एमालेका राईले एक हजार ४० र श्रम संस्कृतिका राईले एक हजार ५९० मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका दिनेश राईले ५९०, रास्वपाका दिनेश भण्डारीले १४४ मत, जसपा नेपालका आइतराज लिम्बूले ६७ मत प्राप्त गरेका छन्। कुखुराको भाले चिह्नका मंगोल नेसनल अर्गनाइजेसनले हालसम्म एउटा पनि मत पाएको छैन।
अन्य दलका उम्मेदवारले तीनदेखि ३५ मत पाएका निर्वाचन कार्यालय धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिए। जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता छन्। हालसम्म ३३८ मत बदर भएको छ। निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्र र १४ दलसहित १७ जनाको उम्मेदवारी परेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
