प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ३ को जारी मतगणनामा रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिएका छन्।
कैलाली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ३ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगत जोशीले अग्रता लिएका छन्। शुरूआती चरणदेखि अग्रस्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार वीरमान चौधरीलाई पछि पार्दै जोशीले अग्रता कायम गरेका हुन्।
सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिकाका २, ३, ५, ७ र ९ नम्बर वडाको मतगणना सम्पन्न भएको छ। कुल ९ हजार ९९० मत गणना हुँदा रास्वपाका जोशीले २ हजार ६५२ मत प्राप्त गरेका छन्। यसअघि वडा नं. २, ३ र ९ को मतगणना हुँदासम्म नेकपाका उम्मेदवार चौधरीको अग्रता थियो।
हालको परिणामअनुसार नेकपाका चौधरी २ हजार ४०८ मतसहित दोस्रो स्थानमा छन्। त्यसैगरी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का विक्रम चौधरीले १ हजार ५५२, नेपाली कांग्रेसका भीम बडुवालले १ हजार ३१७, नेकपा (एमाले)का गौरीशंकर चौधरीले १ हजार ११० र राप्रपाका वीरेन्द्र बमले ३७३ मत प्राप्त गरेका छन्।
सहायक निर्वाचन अधिकृत जोशीका अनुसार हालसम्म ५०७ मत बदर भएको छ। कैलाली क्षेत्र नं. ३ मा कुल १ लाख ९ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
