दार्चुलामा कांग्रेसका धर्मानन्द जोशी ५३ मतले अगाडि

कांग्रेसका धर्मानन्द जोशी ३९२ मतसहित अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश सिंह ठगुन्नाले ३३९ मत पाएका छन्।

दार्चुला– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा व्यास गाउँपालिका वडा नं. १ र २ को मतगणना सम्पन्न भएको छ। प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले कुल ३९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेश सिंह ठगुन्नाले ३३९ मत प्राप्त गरेका छन्। यससँगै जोशी, ठगुन्नाभन्दा ५३ मतले अगाडि छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्तले ६६ मत र नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मण दत्त जोशीले ९ मत प्राप्त गरेका छन्। जिल्लाका अन्य वडाको मतगणना कार्य निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए।