कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम राखेका छन्।

कास्की– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम राखेका छन्।

कास्की–१ मा हालसम्म १९ हजार ६१३ मत गणना सम्पन्न भएको छ। यस क्षेत्रमा रास्वपाका उम्मेदवार गनेस पौडेल ८ हजार १३० मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बैनबहादुर अधिकारी क्षेत्रीले ४ हजार ८३९ र नेपाली कांग्रेसका तिलक रानाभाटले ४ हजार ३६४ मत प्राप्त गरेका छन्।

त्यस्तै, कास्की–२ मा १९ हजार ७१७ मत गणना हुँदा रास्वपाका उत्तम पौडेलले ११ हजार १७ मतसहित अग्रता बनाएका छन्। यस क्षेत्रमा एमालेका रश्मी आचार्यले ५ हजार ४९१ र नेपाली कांग्रेसका माधव बाँस्तोलाले ३ हजार १३२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए।

यता, कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले २१ हजार १०१ मत प्राप्त गरी फराकिलो अग्रता बनाएकी छिन्। यस क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङले ८ हजार ९२४ र नेकपा (एमाले) का दामोदर पौडेलले ४ हजार ७८७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल १ लाख ७ हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो।