निर्वाचन परिणाम: विजयी हुने अधिकांश ५० मुनिका, ७० पुगेका दुई जना

राष्ट्रिय स्वतन्त्र पार्टीले १८ सिट जितेकामा ७ उम्मेदवार ४० वर्षमुनिका रहेका छन् भने कांग्रेसबाट एक ३२ वर्षका छन्।

प्रतीकात्मक तस्वीर

काठमाडाैँ– प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेसम्म २४ निर्वाचन क्षेत्रको नतिजा आउँदा विजयी उम्मेदवारहरू अधिकांश ५० वर्ष मुनिका रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले १८ सिट जितेकामा ७ उम्मेदवार ४० वर्षमुनिका रहेका छन् भने ४०-५० बीच उमेरका ५ जना रहेका छन्। बाँकी ६ जना ५०-५६ उमेर मुनिका छन्।

नेपाली कम्युनिष्ट पार्टीबाट अहिलेसम्म एकमात्र विजेता पुष्पकमल दाहाल 'प्रचण्ड'को उमेर ७० हो। यस्तै, एमालेबाट अहिलेसम्म जित हात पारेका एक मात्र उम्मेदवार मोहम्मद इश्तियाक राई ४६ वर्षका हुन्।

कांग्रेसबाट विजयी उम्मेदवारमध्ये ४०-५० वर्ष उमेर समूहका २ जना छन् भने एक जना ३२ वर्षका छन्। मनाङ १ बाट विजयी टेकबहादुर गुरुङको उमेर ७१ वर्ष रहेको निर्वाचन आयोगले जनाएको छ।