निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ९८ क्षेत्रमा विजयी भएका छन्।
काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगको आइतबार बिहान ८:३० बजेसम्मको तथ्यांकअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १२५ क्षेत्रको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएको छ।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ९८ क्षेत्रमा विजयी भएका छन्। रास्वपाका उम्मेदवारहरू थप २७ क्षेत्रमा अग्रस्थानमा छन्।
त्यसैगरी, नेपाली कांग्रेसले १४ सिट जित्दै ३ क्षेत्रमा अग्रता कायम राखेको छ। नेकपा (एमाले)ले ७ सिटमा विजय प्राप्त गरी ३ क्षेत्रमा अग्रता लिएको छ भने नेपाल कम्युनिष्ट पार्टीले ४ सिट जित्नुका साथै ३ क्षेत्रमा अग्रता कायम राखेको छ।
श्रम संस्कृति पार्टीले तीन क्षेत्रमा अग्रता लिँदा स्वतन्त्र उम्मेदवारहरूले १ सिटमा जित निकालेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी पनि १ क्षेत्रमा विजयी भएको छ।
प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिक निर्वाचन प्रणालीतर्फको गणना पनि अघि बढिरहेको छ। आयोगको एकीकृत प्रणालीमा प्रविष्ट विवरणअनुसार हालसम्म २४ लाख ८२ हजार ६ सय १० मत गणना भएको छ।
समानुपातिकतर्फ पनि रास्वपा नै अग्रस्थानमा छ। रास्वपाले १२ लाख ५३ हजार ९४७ मत प्राप्त गरेको छ। त्यसपछि कांग्रेसले ४ लाख २३ हजार ६७४, एमालेले ३ लाख ३६ हजार ५ सय ३९, नेपाली कम्युनिस्ट पार्टीले १ लाख ६५ हजार १६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९० हजार ८२५ मत ल्याएका छन्।
यस्तै, श्रम संस्कृति पार्टीले ५० हजार ४९८, राष्ट्रिय परिवर्तन पार्टीले ३२ हजार १९२ मत प्राप्त गरेको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
