कांग्रेसले कुन–कुन क्षेत्रमा जित्यो?

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस हालसम्म १६ निर्वाचन क्षेत्रमा विजयी भएको छ।

काठमाडौँ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस हालसम्म १६ निर्वाचन क्षेत्रमा विजयी भएको छ। निर्वाचन आयोगको आइतबार बिहान १२:३० बजेसम्मको विवरणअनुसार, कांग्रेस अझै एक स्थानमा अगाडि छ। 

विजयी उम्मेदवारहरूमा  पाँचथरबाट नरेन्द्रकुमार केरुङ (१७,२३३ मत),  तेह्रथुम–१ बाट सन्तोष सुब्बा (११,५६१ मत), सोलुखुम्बुबाट प्रकाशसिंह कार्की(१३,१६६) रहेका छन्। रौतहटबाट मोहमद फिरदोश आलम विजयी भएका छन्। उनले २९,५२८ मत ल्याएका छन्। रसुवाबाट मोहन आचार्य १०,६५६ मतसहित निर्वाचित भएका छन्।

मनाङ–१ बाट टेकबहादुर गुरुङ (२,४१५ मत), मुस्ताङ–१ बाट योगेश गौचन थकाली (३,३०७ मत),  पाल्पा-१ बाट सन्दीप राना (१८,३६६), कपिलवस्तु-३ बाट अभिषेकप्रताप शाह (२३,५३५ मत) विजयी भएका छन्।

त्यसैगरी हुम्लाबाट जयपती रोकाया (८,७९७), जाजरकोट–१ बाट खड्कवहादुर बुढा (२०,१४२ मत), दैलेख–१ बाट वासना थापा (१२,३७२ मत), सुर्खेत-१ बाट विष्णुबहादुर खड्का (२६,८९७), बाजुरा-१ जनकराज गिरी (१७,१७३), अछाम–१ बाट भरतकुमार स्वार (१०,७५९ मत) र डोटी–१ बाट भरतबहादुर खड्का (१४,८९७ मत) विजयी भएको आयोगले जनाएको छ।

त्यस्तै, मुगुमा खड्ग शाहीले अग्रता कायम राखेका छन्।