पहाडी र हिमाली भेगका केही स्थानमा वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्नेछ।

काठमाडौँ- नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका केही स्थानहरूमा तुँवालो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्नेछ।  बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना महाशाखले जनाएको छ। 

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभामामा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी  भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।