समानुपातिकतर्फ ८१ लाख मतगणना: कुन दलले कति मत पाए?

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८१ लाख ५४ हजार ६८८  मत गणना भएको छ।

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८१ लाख ५४ हजार ६८८  मत गणना भएको छ।

निर्वाचन आयोगले बिहान ९:३० बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ। रास्वपाले ३९ लाख ३३ हजार ७६४ मत प्राप्त गरेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख २५ हजार ७१०, नेकपा एमालेले  ११ लाख २४ हजार १९५, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ७७ हजार ८९२ मत प्राप्त गरेको छ।

यसैगरी,श्रम संस्कृति पार्टीले दुई लाख ८५ हजार १४० र  राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७२ हजार ५२९ मत प्राप्त गरेको छ।