इलाम–१ मा कांग्रेसका निश्कल राई ९११ मतान्तरले विजयी

इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् भने श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बू ९११ मतान्तरले पराजित भएका छन्।

फाइल तस्वीर

इलाम– इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन्। उनी ९११ मतान्तरले विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सोमबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए।

चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत प्राप्त गरेका छन्।