गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन्।

फाइल तस्वीर

गोरखा– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्।

निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार, सोमबार सम्पन्न मतगणनामा गुरुङ २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गरेका हुन्। कांग्रेस उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिए। साथै, नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन्।