काठमाडौँको बाफलमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा स्कुटर सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
काठमाडौँ– काठमाडौँको बाफलमा सोमबार भएको स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा बा.प्र. ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नवलपरासी पूर्वकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते भएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टरमा र मोटरसाइकल चालकको शहीद मेमोरियल अस्पताल, कलंकीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
