संखुवासभामा एमालेका अर्जुन कार्की निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन्।

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन्।
कार्कीले १५ हजार ६३६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन्।