समानुपातिक मतगणना: कुन दलले कति मत पाए?

निर्वाचन आयोगले मंगलबार बिहान ८:३० बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ४९ लाख ६८ हजार ५५३ मत प्राप्त गरेको छ।

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड ३ लाख ४९ हजार १००  मत गणना भएको छ।

निर्वाचन आयोगले मंगलबार बिहान ८:३० बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ। रास्वपाले ४९ लाख ६८ हजार ५५३ मत प्राप्त गरेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ८४ हजार ६११, नेकपा एमालेले  १४ लाख  ९२९ नेपाली कम्युनिस्ट पार्टीले सात लाख ६२ हजार २९९ मत प्राप्त गरेको छ।

यसैगरी, श्रम संस्कृति पार्टीले तीन लाख ४९ हजार ४५४ र  राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २३ हजार ५९९ मत प्राप्त गरेको छ।