केही दिनयता देशका विभिन्न भागमा देखिएको तुवाँलो मंगलबारदेखि क्रमिक रूपमा हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो मंगलबारदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन्। मौसमविद् सञ्जीव अधिकारीले मंगलबारभन्दा बुधबारदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताए।
उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो। यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार देशभर सामान्यतया बादल लाग्नेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रसहित कर्णाली र लुम्बिनीका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति गण्डकी र लुम्बिनीलगायत देशका अन्य पहाडी भू–भागमा बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुनेछ।
बुधबार र बिहीबार पनि देशभरकै मौसम सामान्यतया बदली रहनेछ। यी दुई दिन कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भाग र मधेशका केही तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने आकलन गरिएको छ। राति भने पहाडी क्षेत्रमा सामान्य बदली रही केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
