स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार बिहान ८ :२२ बजेसम्म काठमाडौँको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० रहेको छ।
काठमाडौँ- केही दिनयता खराब रहेको काठमाडौँ उपत्यकाको वायुको गुणस्तर बिहीबार पनि उस्तै छ। स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार बिहान ८ :२२ बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० रहेको छ। यो अवस्था मानव स्वास्थ्यका लागि खराब मानिन्छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायु गुणस्तर सूचकांक ५० सम्म भएको राम्रो मानिन्छ। त्यस्तै एक्यूआई सूचकांक ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुन्छ भने १५१–२०० भएमा सबै समूहका लागि अस्वस्थ मानिन्छ। यस्तै सूचकांक २०१–३०० लाई धेरै खराब मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा रहेको मानिन्छ।
यस्तै काठमाडौँको हावामा पार्टिकुलेट म्याटर (पीएम २.५) पनि ९७.३ माइक्रोग्राम प्रति घनमिटर छ। जसलाई निकै अस्वस्थकर मानिन्छ। विश्व स्वास्थ्य संगठनले पीएम २.५ को मात्रा वार्षिक ५ माइक्रोग्राम प्रति घन मिटर हुनुपर्ने मापदण्ड बनाएको छ।
काठमाडौँ अहिले संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा भियतनाम , दोस्रो स्थानमा उज्वेकिस्थान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
