आगामी तीन दिन देशका अधिकांश शहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ– देशका विभिन्न शहरमा फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको पाइएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार केही स्थानमा सामान्य उतारचढाव देखिए पनि समग्रमा गर्मी बढ्ने क्रममा छ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेशका धेरैजसो शहरमा तापक्रम क्रमशः बढिरहेको छ। राजधानी काठमाडौँमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो। बिहीबार मध्याह्नसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ। बिहीबार रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ।
यसैगरी मध्याह्नसम्म सबैभन्दा बढी सिरहा र बाँकेको अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुगेको छ। सोही समयमा मनाङको हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ। बिहीबार विराटनगरमा ३१–३३ डिग्री र नेपालगन्जमा ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ।
गण्डकी प्रदेशको पोखरामा बिहीबार २६–२८ डिग्री सेल्सियस पुग्ने देखिएको छ। हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री र जोमसोममा १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। समग्रमा आगामी तीन दिन देशका अधिकांश शहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहीबार देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ। “हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ। आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
