सर्वोच्च अदालतले धनुषा–१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका किशोरी साह ‘कमल’ को नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले बिहीबार साहद्वारा दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
आदेशमा भनिएको छ, “कर्जा सूचना केन्द्र लिमिटेडको पत्रबाट देखिएका सन्दर्भमा रिट निवेदकलाई कालोसूचीमा राख्ने निर्णयको औचित्य पुष्टि हुन सकेन। प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म निवेदकलाई कालोसूचीमा राख्ने कामकारबाही कार्यान्वयन नगर्नु, नगराउनु।”
साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगको उक्त निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
