मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा

तुइन खोला लगायतका स्थानमा माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको सडक केही समयअघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

फाइल तस्वीर

भरतपुर– मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला लगायतका विभिन्न स्थानमा माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको सडक केही समयअघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय, भरतपुरले दिएको जानकारीअनुसार अवरुद्ध सडकको ढुंगा पन्छाएपछि सवारीसाधनहरूको आवतजावत एकतर्फी रूपमा खुलाइएको हो। सडक खुलाइए पनि सम्बन्धित स्थानहरूमा अझै पनि माथिबाट ढुंगा खस्ने क्रम नरोकिएको डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयले सडकको अवस्थालाई मध्यनजर गर्दै यात्रा गर्दा उच्च सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरेको छ।