प्राधिकरणले शनिबार सूचना जारी गर्दै जीर्ण पोल र लाइन व्यवस्थापनका लागि काठमाडौँका केही क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको हो।
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज केही समय विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै जीर्ण पोल र लाइन व्यवस्थापनका लागि काठमाडौँका केही क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको हो।
प्राधिकरणको सूचनाअनुसार पेप्सीकोला टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि १:३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। उक्त क्षेत्रमा रहेको ११ केभी लाइन मर्मत कार्य गर्न लागिएको प्राधिकरणले जनाएको छ।
यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा भने दिउँसो २ बजेदेखि ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने बताइएको छ। यी क्षेत्रमा पनि ११ केभी लाइन मर्मत कार्य गरिने प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
