सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका–२, रोकाडाँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पाल्पा– सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका–२, रोकाडाँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पिकअप जीप र स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्ती मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार, आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए। दुर्घटनामा परी गम्भीर घाइते भएका मगरको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल बुटवल उपमहानगरपालिका–८, सुक्खानगर बस्दै आएका मगरको शव परीक्षणका लागि पठाइएको छ। प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
