बाजुराका हिमाली क्षेत्रमा हिमपात

वर्षा तथा हिमपात हुँदा बजुराका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल, लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र सेताम्मे बनेका छन्।

काठमाडौँ- बाजुरामा वर्षासँगै हिमपात भएको छ। माघ महिनाको दोस्रो साता यहाँ दुई पटक हिमपात भएको थियो। आइतबार बिहानैदेखि मौसम बदली हुँदा गएराति भारी वर्षा सँगै हिमपात भएको हो।

बाजुराका उच्च लेकाली तथा हिमाली भू-भागमा वर्षा र हिमपात हुँदा अत्यधिक चिसो समेत बढेको छ। यहाँका नौ वटै स्थानीय तहका उच्च लेकाली तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको हो। हिउँ परेर चिसो बढ्दा वन्यजन्तु समेत तलतिर झरेका छन्।

वर्षा तथा हिमपात हुँदा बाजुराका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल, लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र सेताम्मे बनेका छन्। बाजुरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो।
nullnull