आयोगले सार्वजनिक गर्‍यो समानुपातिक ११० सांसदको नाम

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित ११० जना सांसदको अन्तिम सूची सार्वजनिक गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानूनअनुसार तोकिएको ‘क्लस्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन्। यसैगरी नेपाली कांग्रेसबाट २०, नेकपा एमाले बाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नौ जना निर्वाचित भएका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टी र राप्रपाबाट चार-चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका थिए।

यी हुन् समानुपातिक सांसद