हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएर राखिएका ६ हजार ३७७ थान ग्यास सिलिन्डर फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगलाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ।
काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुरको हरिसिद्धिस्थित गोदाममा भण्डारण गरी राखिएको अवस्थामा ६ हजार ३७७ थान ग्यास सिलिन्डर फेला पारेको छ।
ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरेको पाइएपछि विभागको अनुगमन टोलीले उक्त गोदाममा १४.२ किलो तौलका भरिएका सिलिन्डर बरामद गरेको हो। विभागले सो उद्योगलाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ। साथै, ती सिलिन्डरहरू नेपाल आयल निगमको समन्वय र रोहबरमा बजारमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।
बजारमा ग्यासको माग उच्च रहेका बेला आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगरी सहज वितरण प्रणाली अपनाउन विभागले उद्योगीहरूलाई आग्रह गरेको छ। यता, पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्तिमा अवरोध हुन सक्ने आशङ्कामा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्दा वितरण प्रणालीमा समस्या भइरहेको निगमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
