पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो।
काठमाडौँ- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ। पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो।
सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका छन्। फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
