नेप्से परिसूचकमा मंगलबार १३.५१ अंकको सुधार आएसँगै कारोबार रकम पनि बढेर १२ अर्ब ३ करोड रुपैयाँ माथि पुगेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा कायम भएको हो। परिसूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी भएको छ।
यस दिन ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १ लाख ६ हजार १४० पटक खरिद–बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आजको कारोबारमा बैंकिङ ०.८४, विकास बैंक ०.६४, जलविद्युत् १.५९, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ र म्युचुअल फन्ड ०.३६ प्रतिशतले बढेका छन्। बाँकी अन्य समूहका उपसूचक भने ओरालो लागेका छन्। वित्त ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बिमा ०.३१, लघुवित्त ०.२६, निर्जीवन बिमा ०.०३, व्यापार ०.२१ र अन्य समूह ०.१० प्रतिशतले घटेका हुन्।
रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ग्रोथ फन्ड–२ छ, जसको शेयर मूल्य ४.७४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनीको ५६ करोड ३७ लाख ६१ हजार ७२५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस्तै, शेयर संख्याका आधारमा शिवश्री हाइड्रोपावरको १९ लाख २३ हजार ७४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
