चालु आर्थिक वर्षको आठ महिनामा थप दुई खर्ब चार अर्ब रुपैयाँ सरकारी ऋण थपिएसँगै नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को शुरूमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड रुपैयाँ सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रुपैयाँ आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको छ। कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ। हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ।
सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ५९ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ९५ अर्ब १९ करोड ऋण उठाइसकेको छ। जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत हो।
चालु आर्थिक वर्षका लागि आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ६७.३१ प्रतिशत अर्थात् दुई खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ बराबर उठिसकेको छ।
त्यस्तै, बाह्यतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा २४.३१ प्रतिशत अर्थात् ५६ अर्ब ८० करोड रुपैयाँ मात्रै उठेको छ।
त्यस्तै, सरकारी ऋणको साँवा–ब्याज तिर्नका लागि यस वर्ष सरकारले चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनका आधारमा ५८.९४ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
