बेलायत सरकारले इरानका मिसाइल अड्डामाथि आक्रमण गर्न अमेरिकालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको छ।
काठमाडौँ- बेलायत सरकारले इरानका मिसाइल अड्डामाथि आक्रमण गर्न अमेरिकालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको छ। स्ट्रेट अफ होर्मुजमा जहाजलाई लक्षित गर्दै भइरहेको आक्रमण रोक्ने उद्देश्यले यस्तो अनुमति दिइएको बताइएको छ।
रोयटर्सका अनुसार शुक्रबार बसेको बैठकले क्षेत्रीय 'सामूहिक आत्मरक्षा' अन्तर्गत अमेरिकी सेनाले बेलायती अड्डा प्रयोग गरेर इरानी मिसाइल क्षमता कमजोर पार्ने कार्य गर्न सक्ने सहमति गरेको हो।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायतले आफ्नो भूभाग आक्रमणका लागि प्रयोग गर्न दिँदा बेलायती नागरिकको जीवन जोखिममा पर्ने चेतावनी दिएका छन्। उनले इरानले आत्मरक्षाको अधिकार प्रयोग गर्ने बताएका छन्।
यसअघि बेलायती प्रधानमन्त्री कियर स्टार्मरले यस्तो अनुमति दिन हिचकिचाएका थिए। तर मध्यपूर्वमा बेलायतका सहयोगी देशहरूमा इरानले आक्रमण गरेपछि उनले आफ्नो धारणा परिवर्तन गर्दै अमेरिकी सेनालाई आरएएफ फेयरफोर्ड र हिन्द महासागरस्थित डिएगो गार्सिया बेस प्रयोग गर्न अनुमति दिएका हुन्। यद्यपि बेलायतले युद्ध चर्किन नदिन र तत्काल तनाव घटाउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
