अमेरिकी राष्ट्रपति ट्रम्पको 'अल्टिमेटम' पछि इरानी सेनाले आफ्ना ऊर्जा केन्द्रमा हमला भएमा हर्मोज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने र इजरायली पूर्वाधारमा प्रतिरोधात्मक आक्रमण गर्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्र (पावर प्लान्ट) लाई निशाना बनाएमा रणनीतिक महत्त्वको हर्मोज जलघाँटी पूर्ण रूपमा बन्द गर्ने इरानी सेनाले चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई हर्मोज नाका सम्पूर्ण रूपमा पुनः खोल्न ४८ घण्टाको समय दिएका थिए। त्यसपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा इरानले यस क्षेत्रमा इजरायली र अमेरिकी स्वार्थमाथि ड्रोन तथा मिसाइल आक्रमणमार्फत जवाफ दिइरहेको छ।
इरानी सेनाको 'खातम अल–अन्बिया' कमान्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यदि संयुक्त राज्य अमेरिकाले इरानका पावर प्लान्टहरूमाथि हमला गरे हर्मोज जलमार्ग पूर्ण रूपमा बन्द हुनेछ। नष्ट भएका विद्युत् उत्पादन केन्द्रहरूको पुनर्निर्माण नभएसम्म यो नाका पुनः खोलिने छैन।”
इरानी सेनाले इजरायलका पावर प्लान्ट, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि पूर्वाधारका साथै यस क्षेत्रमा रहेका अमेरिकी लगानीका कम्पनीहरूमा समेत आक्रमण गर्ने बताएको छ। विज्ञप्तिमा देश र राष्ट्रको हित रक्षाका लागि अन्य कडा उपायहरू समेत अपनाइने उल्लेख छ।
द्वन्द्व सुरु भएदेखि नै विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास आपूर्ति हुने यस जलमार्गबाट हुने यातायात लगभग ठप्प छ। 'एनालिटिक्स फर्म केप्लर' का अनुसार हाल युद्धपूर्वको तुलनामा झन्डै पाँच प्रतिशत जहाजले मात्र यस मार्गबाट आपूर्ति गरिरहेका छन्।
इरानले आफूले मित्रवत् ठानेका देशका जहाजलाई मात्र आवतजावतको अनुमति दिएको छ भने आफूविरुद्धको 'आक्रमण' मा सामेल देशका जहाज रोक्ने चेतावनी दिएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सामुद्रिक यातायात अब युद्धपूर्वको अवस्थामा नफर्कने बताउँदै यस जलमार्ग हुँदै जाने जहाजमा कर लगाउने योजना बनिरहेको जानकारी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
