सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको छ। आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ। आइबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।